आज झन् आकाशियो सुन, तोलाको कति ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ ।

बिहीबार एकै दिन १००० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि प्रतितोला ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला रु ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला रु ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...