काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको ह्वात्र्त घटेको छ ।
मंगलबार एकै दिन १२०० रुपैयाँले बढेको सुनको भाउ बुधबार भने प्रतितोला १६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला रु ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
