भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं l गण्डकी प्रदेश सरकारले प्रदेश स्थापनाको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।

Advertisement

‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा गण्डकी सरकारले प्रदेश राजधानीमा विभिन्न कार्यक्रम आयोजना गरि मनाउने पनि जनाएको छ ।

आज लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस मनाएको छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाएको हो ।

प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाएको छ । यस अवसरमा लुम्बिनी सरकाले आजका लागि सार्बजनिक बिदा दिएको हो ।

More News last news
Loading...