जनयुद्ध दिवसका दिन सार्बजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । 

Advertisement

शुक्रबार मन्त्रालयले सूचना जारी गरी फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश भर सार्वजनि विदा दिइएको जनाएको छ । सूचनामा मन्त्री भरतप्रसाद शाहको हस्ताक्षर रहेको छ ।

२०५२ फागुन १ गतेदेखि माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको थियो जसलाई उसले ‘जनयुद्ध’ भन्ने गरेको छ । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउने गरेको छ ।

More News last news
Loading...