स्याङ्जा । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति सार्बजनिक गरेसँगै स्थानीय तहमा चुनावी चर्चा शुरु हुन थालेको छ ।
निर्वाचनको मिति तय भएसँगै स्थानीय तहमा नगरप्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, गाउँपालिका उपप्रमुख र वडा अध्यक्षका लागि प्रतिस्पर्धा गर्नेहरुका बारेमा पनि चर्चा शुरु भएको हो ।
यसैबीच स्याङ्जाको भीरकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसबाट भेषराज अर्यालले पनि इच्छा देखाएका छन् । नगरपालिकालाई सबल सक्षम बनाउँदै नगरपालिकाभित्रका प्रत्येक घरमा कम्तीमा एकजना उद्यमी बनाउने प्रमुख एजेण्डा अगाडी सारेर चुनावी मैदानमा जाने उनको तयारी छ ।
औपचारिक रुपमा उम्मेद्वारी घोषणा नगरिसकेको खण्डमा सबैको साथ, सहयोग र सल्लाहमा उम्मेद्वारी दिने अर्यालको भनाइ छ । गण्डकी मेडिकल कलेजका निर्देशक समेत रहेका अर्यालसँग भीरकोट उद्योग वाणिज्य संघको पूर्व उपाध्यक्षको रुपमा काम गरेको समेत अनुभव छ ।
नगरभित्रका विभिन्न व्यवसायमा सक्रिय रहेका अर्याल खिलुङकालिका एग्रो फार्मका सञ्चालक समेत रहेका छन् । नगरको नेतृत्व लिनका लागि कांग्रेसबाट नै करिब आधा दर्जन वढी आँकाक्षी देखिएतापनि अर्यालले पनि आफूलाई बलियो दाबेदारीका रुपमा अगाडी वढाउने प्रतिक्रिया दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
