काठमाडौं । मञ्जुश्री फाइनान्सले उपत्यकाका काठमाडौँ महानगरपालिका–७, चाबहिल तथा टोखा नगरपालिका–४, गोंगबुमा शाखाको कारोबार शुभारम्भ गरेको छ ।
काठमाडौँको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सका नारायणगढ, न्यूरोड–काठमाडौँ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्साबजार, इनरुवा, झुम्काबजार र विराटचोकमा २१ वटा शाखा रहेका थिए भने अब थप २ शाखासहित शाखा संख्या २३ पुगेको छ ।
चालू आवको पुस मसान्तसम्म एक अर्ब ३५ करोड चुक्तता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले ११ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब दुई करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
साथै यस फाइनान्सले विप्रेशण, मोबाइल बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
