अस्ट्रेलियामा दुईजना नेपाली युवाको ज्यान गयो

अस्ट्रेलियामा यो साता दुई नेपाली युवाले ज्यान गुमाएका छन्। एनएसडब्लुको पर्यटकीय नगरी ओलगंगमा एक नेपाली युवकको हृदयघातका कारण मृत्यु भएको छ भने सिड्नीको पश्चिमी क्षेत्र लेपिङ्टनमा मोटरसाइकल दुर्घटनामा परी अर्का नेपाली विद्यार्थीको ज्यान गएको प्रहरीले जनाएको छ।

ओलगंगको नेपाली समाजमा चिनिएका युवा विनोद न्यौपानेको घरको बाथरूममा अचानक लडेपछि उपचारका क्रममा निधन भएको हो। चिकित्सकहरूले विनोदलाई मस्तिष्कघात भएको बताएका छन्।

Advertisement

यस्तै, सिड्नीको लेपिङ्टनमा मोटरसाइकल दुर्घटना हुँदा एक नेपाली विद्यार्थी अशिम थपलियाको निधन भएको छ। दुर्घटनामा परी २४ वर्षीय थपलियाको ज्यान गएको हो। घरबाट नजिकै सडकको डिभाइडरमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

नेपाली विद्यार्थीको आगमन र प्रभाव बढिरहेको अवस्थामा यस्तो दुर्घटना हुनु नेपाली समाजको लागि निकै दुखदायी विषय बनेको एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताए।

उच्च अध्यनका लागि अस्ट्रेलिया आउने युवा विद्यार्थीहरूले अध्ययनसँगै स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने बेला आएको कोषाध्यक्ष पोखरेलले सुनाए।

More News last news
Loading...