आज (सोमबार) झन् घट्यो सुनको भाउ, चाँदीपनि ओरालो

काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) पनि नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । आइतबार प्रतितोला ४०० रुपैयाँले घटेको सुनको भाउ आज सोमबार पनि तोलामा ४०० रुपैयाँलेको घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन आइतबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...