राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट महिलामा पन्त र दलितमा सुनार विजयी

पोखरा l राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा महिला कोटाबाट कमला पन्त विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरेकी हुन् ।

पन्त गठबन्धनकी उम्मेद्वार हुन् भने थनेत एमालेबाट उम्मेद्वार बनेकी हुन् । पन्तले तीन हजार ८४ मतभार पाउँदा थनेतले दुई ७२४ मतभार पाइन् । गठबन्धनबाट सात मत क्रस भएको छ ।

Advertisement

प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छाेडेका थिए ।

पन्तले प्रदेश सांसदबाट २९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत पाइन् । स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत पाएकी छिन् भने थनेतले ७४ मत पाइन् ।

दलित काेटामा पनि गठबन्धन विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीकाे निर्वाचनमा दलित काेटा पनि गठबन्धनले जितेकाे छ । गठबन्धनका भुवन सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारकाे अन्तरले पराजित गरेका हुन्।

सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए । याे क्लष्टरमा पनि एक सांसदले खाली छाेडेका थिए भने दुई जनप्रतिनिधिकाे मत बदर भएकाे छ । १ मतपत्र खाली छ।

More News last news
Loading...