आज धन वर्षा हुने यी २ भाग्यमानी राशी, जसले मात्रै पाएका छन् माता लक्ष्मीको आशिर्वाद

काठमाडाैं l १२ माघ २०७८ बुधबार । तदनुसार जनवरी २६ तारिक २०२२ । माघकृष्णपक्ष नवमी तिथि, तैतलि करण, स्वाती नक्षत्र, शूल योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ :५५ मा हुनेछ भने सूर्यास्त १७ः३८ मा हुनेछ ।

आज १२ः३७ देखि १ः३८ सम्म राहुकाल रहेको छ । ११ः५५ देखि १२ः३८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजको देवता नाग र ग्रहदेव वृहस्पति रहेको छ । बुधबारका दिन घर गृहस्थसम्बन्धी काम गर्दा राम्रो हुनेछ । आर्थिक कारोबारका लागि बुधबारको दिन शुभ मानिन्छ ।

Advertisement

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट तपाईंले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : व्यापारको कामबाट तपाईंलाई लाभ हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ ।

तपाईंलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

More News last news
Loading...