काठमाडौँ । बिगत लामो समय देखि अमेरिकामा बस्दै आयका गायक अशोक अर्याल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘जाले रुमाल’ बोलको गीत सार्बजनिक भएको छ ।
पछिल्लो समय धेरै गीतहरुमा शब्द भरेका गितकार डा. बिष्णुमुर्ति भट्टराई र गायक अर्यालको शब्द रहेको यस गीतमा संगीतकार राजु अर्यालले संगीत भरेका छन् । ख्याति प्राप्त संगीत संयोजक श्यामश्वेत रसाईलीले संगीत संयोजन गरेका छन्।
दुई प्रेमीबीचको प्रेम कहानी बोकेको जाले रुमालको म्युजिक भिडियोमा गायक अर्याल र नायिका केकी अधिकारीको अभिनय रहेको छ । पहिलो पटक गायक अर्यालले यस गीतको भिडियोमा मुख्य भूमिका निभाएका छन् ।
अत्यन्तै मनमोहक ठाउँमा छायांकन गरिएको यो भिडियोलाई अहिलेका चर्चित र ब्यस्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन्। चर्चित छायाँकार दुर्गा पौडेलले छायांकन गरेको उक्त भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन् ।
प्रतिमा अर्यालको लगानी रहेको जाले रुमालको बजार व्यवस्थापन सलिना म्युजिक प्रा. लि. ले गरेको छ । गायक अर्यालकै युट्युब च्यानल ‘अशोका ईन्टरटेनमेन्ट’ मार्फत ‘जाले रुमाल’ को भिडियो बजारमा ल्याईएको हो ।
साथै, गीत अडियो एप्पल म्युजिक, आईटीऊन, स्पटीफाई, एमाजोन, फेसबुक, टिकटकहरु लगायत अरु थुप्रै अडियो प्लेटफर्महरुमा पनि सुन्न पाईन्छ।
गायक अर्यालले गत बर्ष नेपालकी चर्चित गायिका समिक्षा अधिकारीसँगको सहकार्यमा चिनो रुमाल बोलको गीत ल्याएका थिए । जसले धेरै दर्शक स्रोताको मन जितेको थियो भने गत महिना मात्रै ‘नारायण नारायण’ बोलको लोक भजन ल्याएका थिए । जसले धेरै धार्मिक स्रोता दर्शक पाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
