मनकामना मन्दिरमा भक्तजनको प्रवेशमा रोक !

गोरखा । गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ ।

माघ ६ गते बिहीवारदेखि माघ मसान्तसम्म भक्तजनको प्रवेशमा रोक लगाइने भएको हो। कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङले बताए ।

Advertisement

मनकामना क्षेत्र विकास समितिको बैठकले आउँदो बिहीवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै मन्दिरमा भक्तजनको प्रवेशमा रोक लगाउने निर्णय भएको गुरुङले जानकारी दिए।

बलीपूजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक कार्यक्रम गर्नका लागि मन्दिरमा नआउन पनि क्षेत्र विकास समितिले भक्तजनलाई आग्रह गरेको छ। मनकामना केबलकार बन्द गर्नेबारे स्थानीय प्रशासन वा केबलकार व्यवस्थापनले भने कुनै निर्णय गरेको छैन।

More News last news
Loading...