जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ। प्रदेशको नाम मधेश घोषणा भएको खुशियालीमा भोलि सार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।
प्रदेश सरकार गठन भएको ४ वर्षपछि आज दुई तिहाई मतद्वारा मधेश नाम पारित भएको हो । प्रस्तावको पक्षमा जसपा, लोसपा, माओवादी केन्द्र, संघीय समाजवादी पार्टीका अलावा अन्य दलका केही सांसदहरुले पनि मतदान गरेका थिए।
प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो ।
१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।
प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्ताव भएकोमा जनकपुरलाई दुई तिहाइ बहुमतले पारित गरेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
