निस्सासिएर एकैघरका चार जनाको ज्यान गयो

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित बुद्बुदी गाउँमा निस्सासिएर एकैघरका चारजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवालय गाउँपालिका-४ जाजरकोट निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी छन्।

Advertisement

त्यस्तै कल्पाकै दाजुका पाँच वर्षीय छोरा सम्राट उनीहरुसँगै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए।

शनिबार बेलुका सूचना पाउने वित्तिकै पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ।

प्रहरी नायव उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारैजनाको शव परीक्षण हुन सकेको छैन।

More News last news
Loading...