युवा संघमा बढ्यो मनोमानी, स्थायी कमिटी सदस्य पुनले दिए राजीनामा

पोखरा । प्रमूख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्टिय युवा संघ भित्रको बिबादले उग्ररुप लिएको छ ।
पोखरामा जारी संघको सचिवालय बैठकमा चरम मनोमानी भएको भन्दै केही नेताहरुले असन्तुष्टी जनाएका छन् ।

सम्मेलन आयोजक कमिटी निर्माणमा बिना मापदण्ड समिति बनाउदा मनोमानी भएको भन्दै स्थायी कमिटी सदस्य विष्णु पुनले पदबाट राजीनामा दिएका छन् ।

Advertisement

आज सचिवालयको बैठक सम्पन्न हुनु अघि आफ्नो असहमति जनाउदै पुनले संघका पुर्व अध्यक्ष तथा बर्तमान कमिटी इन्चार्ज महेश बस्नेतलाई साँची राख्दै संघका अध्यक्ष किरण पौडेललाई राजीनामा पत्र बुझाएका हुन् ।

संघको १३०० जनाको पुर्व कमिटीलाई हटाएर सानो बनाउँदा आफूँ नजिक घुम्नेलाई मात्रै जिम्मेवारी दिईएको भन्दै पुनले राजीनामा दिएका हुन् । कास्कीमा एमालेको युवा आन्दोलनलाई जुरुक्क उठाएका पुन पुर्व युथ फोर्स लेखनाथ नगर कमिटीका संयोजक हुन् ।

युवा संघ कास्कीका सफल अध्यक्ष समेत रहेका उनी भर्खरै सम्पन्न नेकपा (एमाले) कास्कीको नवनिर्वाचित सदस्य समेत हुन् । स्थाई कमिटी सदस्य पुनको राजीनामाले युवा संघमा ठुलो तरङ ल्याउने अनुमान गरिएको छ ।

पुनले भने, “बिना जानकारी उपाध्यक्ष अमित लामाको समेत असहमति हुँदाहुँदै एकतर्फी रुपमा निर्णयहरु लादिएको छ । पोखरा महानगरको संयोजक मोहन सुवेदीलाई बिना जानकारी पद मुक्त गरेपछि बिबाद् अझ चर्किएको हो । किन के कारण सुवेदीलाई हटाईयो ? नेतृत्वको अगिपछि नघुमेर ?”

“संगठनमा गणेश प्रवृत्ति मौलायो। हिजो काम गरेकोे साथिहरु अपमानित ढंगबाट संगठन बाट बिदाई भयका छन सहयोद्दा लाई अपमानित गर्ने मतियार बन्न नसकेर मैले पदबाट राजीनामा दिएको हुँ” उनले थले ।

यहि ढंगबाट अगाडि बढ्ने हो भने संगठनको अस्तित्व लोप हुन सक्छ भन्दै पुनले नेतृत्वलाई सच्चिनका लागि समेत खबरदारी गरेका छन् ।

More News last news
Loading...