मोहन जोशी/धनगढी l सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। संघीय सरकारले १ माघमा सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले भाेलिपल्ट २ माघमा पनि माघीको अवसरमा बिदा दिएको हो।
१९ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघीका अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको नयाँ वर्ष र माघीलाई लक्षित गर्दै प्रदेश सरकारदे यो पर्वमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन्।
जुलुस, धर्ना, विरोध प्रदर्शन लगायतमा रोक लगाउने मन्त्रिपरिषद्को निर्णय
सरकारले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका जुलुस, धर्ना र विरोध प्रदर्शनका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।
यसअघि नै काठमाडौंमा भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो। दैनिक रुपमा कोरोना संक्रमित बढ्दै जाँदा सरकारले कोरोना नियन्त्रणका लागि भन्दै थप व्यवस्था गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
