एमाले कास्कीको अध्यक्षमा गुरुङ विजयी, अन्य पदमा को को ? (प्राप्त मतसहित)

पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विजयी मनबहादुर गुरुङले कुल ४५६ मत ल्याए भने दामोदर बैरागीले ४०७ मत ल्याएका छन् ।

सर्वसम्मतिबाट नेतृत्व चयन असफल भएपछि निर्वाचन प्रक्रियामा गएको नेकपा एमालेको जिल्ला अधिवेशनले गुरुङको नेतृत्व पाएको हो । नेतृत्वका लागि वर्तमान कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र पार्टी सचिव दामोदर बैरागी बीच प्रतिस्पर्धा भएको थियो ।

Advertisement

पार्टीको उपाध्यक्षमा प्रभा कोइरालालाई हराउँदै तेजनारायण अधिकारी क्षेत्री निर्वाचित भएका छन् भने सचिवमा बैन बहादुर अधिकारी निर्वाचित भए ।

अधिकारीले ४२१ मत ल्याउँदा प्रभा कोइरालाले ४ सय १३ मत पाएकी छन् । अधिकारीले ४७५ मत ल्याउँदा अर्का प्रतिस्पर्धी विष्णुबहादुर केसीले ३६४ मत ल्याए।

यस्तै, उपसचिवमा दर्शन लामा र नवराज ओझा निर्वाचित भएको नेकपा एमाले निर्वाचन कमिटीले जनाएको छ । दर्शन लामा ५४० र नवराज ओझाले ४४३ मत ल्याएर विजयी भएका हुन् ।

More News last news
Loading...