एमाले कास्कीमा सुवेदीको राजनीतिक छलाङ, सर्वसम्मत भएसँगै चुलियो चर्चा

पोखरा । नेकपा (एमाले) कास्कीका युवा नेता राजन सुवेदी कास्कीको जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । उनी एमाले जिल्ला सदस्यमा निर्वाचित भएसँगै उनको चर्चा पनि चुलिएको छ। पुस २३ गतेदेखि पोखरामा शुरु भएको जिल्ला अधिवेशनमा (भूगोलतर्फ रूपा गाउँपालिका) बाट उनी निर्विरोध चुनिएका हुन् ।

जिल्लाभर नै सबैभन्दा पहिला भूगोलतर्फ रूपा गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने सदस्यहरूले बधाई लिएका थिए । बधाई लिनेमा राजन पनि अग्रपङ्क्तिमा थिए । अरू उम्मेद्‍वारहरू भोट माग्नमा व्यस्त भइरहँदा उनी भने बधाई लिनमै व्यस्त भए । प्रत्यक्ष भेट, फोन र सामाजिक सञ्जालहरूबाट बधाई लिने र धन्यवाद दिने काममा उनी निरन्तर व्यस्त रहे । अधिवेशन आयोजक समितिका सदस्य भएका नाताले कार्यक्रममा पनि उनको खटाइ उत्तिकै देखिन्थ्यो ।

जिल्लाभर नै सबैभन्दा पहिला भूगोलतर्फ रूपा गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने सदस्यहरूले बधाई लिएका थिए । बधाई लिनेमा राजन पनि अग्रपङ्क्तिमा थिए । अरू उम्मेद्‍वारहरू भोट माग्नमा व्यस्त भइरहँदा उनी भने बधाई लिनमै व्यस्त भए l

 

पिता महादेव सुवेदी र माता पार्वती सुवेदी का कान्छा सुपुत्र सुवेदी वि.सं. २०५० भदौ १ गते रूपा गाउँपालिका, वडा नम्बर २, सिर्कुतानमा जन्मेर स्थानीय शिवालय माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरेका थिए ।

उनले २०६६ मा अनेरास्ववियुको जिल्ला समिति तथा सचिवालय सदस्य भएर काम गरे भने २०६८ मा नेकपा (एमाले) को क्षेत्रीय कमिटीको सदस्य हुँदै क्रमशः उनी २०७३ मा नेकपा (एमाले) थुम्की–पोखरा सम्पर्क समितिको सचिव, २०७४ मा युवा सङ्घको रूपा अध्यक्ष र २०७८ मा कास्की जिल्ला सम्मेलन आयोजक समिति सदस्य भएर कार्य गरे ।

उनले नेकपा (एमाले) निटक नेपाल पर्यटन व्यवसायी सङ्गठन गण्डकी प्रदेशको सदस्य समेत भएर काम गरिसहेका छन् । राजनीतिक रूपमा प्रतिबद्ध र कर्तव्यनिष्ठ युवाको पहिचान बनाएका राजनको सामाजिक संलग्नता पनि उत्तिकै लोभलाग्दो छ । उनी एकै समय ४ संस्थाका अध्यक्ष छन् ।

आफैँ पढेको शिवालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनी सोही विद्यालयको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष पनि हुन् । यसका साथै, उनी रूपा गाउँपालिका भित्रका युवाहरूको साझा संस्था समृद्ध रूपा क्लब र नेपाल केन्पो खुकुरी मार्सल आर्ट सङ्घको पनि कास्की अध्यक्ष हुन् ।

यसका अलावा नेपाल खेलकुद महासङ्घ, नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थामा समेत उनी आबद्ध छन् ।

 

एक समय पोखरा र आसपासमा हुने प्रायः मेला–महोत्सवमा दोहोरी गीत प्रतियोगितामा नछुटाई सहभागी हुने र अधिकांशमा पुरस्कार हात पार्ने ‘फुच्चे गायक’का रूपमा उनी चिनिन्थे ।

 

उल्लिखित २ पाटा त उनीसँग संम्पर्कमा रहने धेरैलाई जानकारी रहेकै भएपनि उनको व्यक्तित्वसँग जोडिएर आउने अर्को व्यक्तित्व कलाकार व्यक्तित्व पनि हो । एक समय पोखरा र आसपासमा हुने प्रायः मेला–महोत्सवमा दोहोरी गीत प्रतियोगितामा नछुटाई सहभागी हुने र अधिकांशमा पुरस्कार हात पार्ने ‘फुच्चे गायक’का रूपमा उनी चिनिन्थे ।

 

उनको आवाजमा एक दर्जनभन्दा बढी लोक तथा दोहोरी गीत रेकर्ड पनि भएका छन् । ‘तिमीले बिहे अन्तै गरे नि’, ‘खाएको कसम तोड्दिन’ र ‘एमाले हाम्रो पार्टी हो’ गरी ३ ओटा त एकल एल्बम नै उनका नाममा दर्ज छन् ।

सामान्य किसान परिवारमा जन्मेका राजन हाल होटल पि–राज, पोखराका सञ्चालक हुन् । बसको सहयोगी हुँदै बसकै मालिकसम्म बनेको अनुभव राजनसँग छ । जीवनको छोटो समयमै सङ्घर्षको लामो इतिहास रचिसकेका उनको जीवनले सङ्घर्ष र सफलता दुवैको स्वाद चाखिसकेको छ ।

वर्तामान समयमा जीवन गुजाराका लागि कठिनाइबाट उनले मुक्ति पाइसकेका छन् । यो उनको सङ्घर्षकै प्रतिफल हो । युवा पर्यटन व्यवसायी उनी राजनीतिले युवाहरूलाई स्वरोजगारको मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्छन् । राजनीतिलाई शुद्ध बनाउनका लागि पनि युवावर्गलाई इलमी बनाउनुपर्नेमा उनको जोड छ ।

‘सुसंस्कृत राजनीति बनाउने हो भने आजका युवालाई बेरोजगार हुन र बिदेसिनबाट रोक्नुपर्छ’ राजन भन्छन्, ‘युवाको क्षमता बुझेर यहीँ टिक्ने वातावरण नदिने हो भने सधैँ हाम्रो राजनीति फोहोरी खेल नै बनिरहन्छ, भ्रष्टाचारमुक्त हुन सक्दैन।’

पूर्णकालीन राजनीतिक कार्यकर्ता मात्रै होइन, आशालाग्दा युवा नेताको छवि राजनले बनाइसकेका छन् । रूपाका अधिकांश दुःखका बेला सम्झिइने पात्र बनेका राजन साँच्चै ‘कुनै’ तहको सत्ता सञ्चालक बन्दा कस्तो चरित्र देखाउँछन्, त्यो भने हेर्न बाँकी नै छ।

More News last news
Loading...