काठमाडौँ । ताइवानी अटो उत्पादक किम्कोले हालसालै नयाँ इलेक्ट्रिक स्कुटर लाइक १२५ सार्बजनिक गरेको छ । स्लिक लुकमा आधारित यो नयाँ स्कुटरले १९९ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
३ हजार २ सय वाट अर्थात ४.३ हर्ष पावर बराबरको क्षमतायुक्त यो स्कुटरमा ५ वटा व्याट्री राख्न सकिने स्पेश उपलब्ध गराइएको छ । हरेक ब्याट्रीलाई १ हजार पटकसम्म चार्ज गर्न सकिने र फूल चार्ज गर्न जम्मा १ घन्टा समय लाग्ने बताएको छ ।
कम्पनीले यो स्कुटरमा आयोनेक्स ब्याट्री टेक्नोलोजीलाई प्रयोगमा ल्याएको छ । यूरोप र एसियाली बजारमा निकै नै रुचाइएको यसअघिका लाइक १२५ र लाइक १५० मोडलबाट प्रेरित यो स्कुटरको लुक्स निकै आकर्षक र क्लासिक देखिएको छ ।
पछाडी ग्रयाब ह्यान्डल र हेडलाइटमा वेजल दिइएको यो स्कुटरलाई आकर्षक देखाउन यी भागमा निलो कलरलाई उचित तवरबाट समायोजन गरिएको छ । स्कुटरको कुल तौल ९४ किलोग्राम रहेको छ ।
यो स्कुटरको मूल्य युरोपेली बजारमा १ हजार २ सय यूरो पर्न सक्ने बताइएको छ । भबिष्यमा एसिया र मध्ये अमेरिकामा थप बजार बिस्तार गर्ने गरी बजार रणनिती तय गरिएको उसले बताएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
