नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । आइतबार एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ।
दिल्लीमा ३०० प्रहरीमा कोभिड देखिएको छ । त्यस्तै, संसदका ४०० कर्मचारीमा कोभिड संक्रमण देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ।संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ। १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
