स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले पृथ्वी जयन्ती एबम् राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते सार्वजानिक बिदा दिने भएको छ।
उक्त दिन सार्वजानिक बिदाको मागसहित ज्ञापनपत्र बुझाउन पुगेको विश्व हिन्दु युवा संघ स्याङ्जाको टोलीसँग वालिङ नगरपालिका प्रमुख दिलीप प्रताप खाणले बिदा दिने प्रतिबद्वता जनाएका हुन् ।
विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले देश एकीकरण गरेको व्यक्तिलाई बिर्सनु नहुने भन्दै सार्बजनिक बिदा दिन आग्रह गरेका थिए ।
केही दिन यता विभिन्न संघ संस्था र राजनीतिक दलले पनि संघीय सरकार र विभिन्न स्थानीय तहमा पौष २७ गतेका दिन सार्बजनिक विदाको माग गरेर ज्ञापन पत्र बुझाइरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
