प्रदेश २ सरकारले सञ्चालन गर्‍यो अक्सिजन प्लान्ट

जनकपुरधाम l कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ। प्रदेश सरकारको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबारदेखि आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो।

जनकपुरधाम-१४ मुलेजेलियास्थित मनिपालमा सञ्चालनमा रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट सुरु भएको छ । उक्त अक्सिजन प्लान्टका लागि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समान उपलब्ध गराएको थियो।

Advertisement

प्रतिष्ठानअन्तर्गत कोभिड विशेष अस्पतालका प्रशासन प्रमुख सन्तोष ठाकुरका अनुसार उक्त अक्सिजन प्लान्टबाट तत्काल दैनिक २५ देखि ३० सिलिण्डरसम्म अक्सिजन उत्पादन हुनेछ।

आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भएपछि अब हामीलाई बिरामीको उपचारमा अक्सिजनको अभाव नहुने बताउँदै प्रशासन प्रमुख ठाकुरले भने, ‘कोरोना कालमा बढी बिरामीलाई अक्सिजन नै चाहिएकोले अव प्रदेश २ मा अक्सिजन अभावको समस्या धेरै हद सम्म टकेको छ।’

त्यस्तै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएको अर्को अक्सिजन प्लान्ट पनि अब केही महिनामै सञ्चालनमा आउने उनले बताए।

अर्को अक्सिजन प्लान्टको काम पनि धमाधम भइरहेको बताउँदै उनले भने, ‘आपूर्ति केन्द्रले दिएको अक्सिजन प्लान्ट योभन्दा बढी क्षमताको छ, त्यो सञ्चालनमा आएपछि हामीलाई कुनै पनि वेला अक्सिजनको अभाव हुँदैन।’

More News last news
Loading...