काठमाडौं l हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रही बाकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज राति देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, बिहीबार देशभर सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तो छ तीनदिने मौषम पूर्वानुमान
२०७८ पौष २२ गते (बिहीबार) : दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी तथा तराइका थोरै भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ पौष २३ गते (शुक्रबार) : दिउँसो : प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
२०७८ पौष २४ गते (शनिबार) : दिउँसो : देशभर सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती : देशभर सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
