काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ आज सोमबार भने प्रतितोला ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्तालाई जानकारी दिएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला रु ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला रु १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय विश्व बजारमा काँचो सुन र अमेरिकी डलरको भाउ बढेसँगै सुनको भाउ बनेको महासंघले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
