आज (शुक्रबार) घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ बढेको छ।

बिहीबार प्रतितोला ४०० रुपैयाँले घटेको सुनको भाउ आज शुक्रबार भने प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्तालाई जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला रु ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला रु १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...