हजुरवुवाले बृद्ध भत्ताको १२ हजार बुझेको थाहा पाएपछि नातिनीले..

काठमाडौ । हजुरवुवाले वृद्धभत्ता वापतको १२ हजार रुपैया बुझेको थाहा पाएपछि त्यो पैसा लिन एक जना नातिनीले हजुरवुवालाई खुकुरी हानेको बुझिएको छ। यो घटना रुकुममा भएको हो । रुकुम पश्चिममा आफ्नै नातिनीले हजुरबुवालाई पैसाको लागि त्यस्तो गरेको हुनसक्ने अनुमान गरिएको हो।

नातिनीको खुकुरी प्रहारबाट बाँफिकोट गाउँपालिका १ का ७४ वर्षीय दाना शाही घाइते भएका छन् । उनकी १७ वर्षीया उर्मिला मल्लले खुकुरी प्रहार गरेकी हुन्।

Advertisement

उर्मिला दानाकी छोरीकी छोरी हुन् । घाइते शाहीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी अस्पताल लगिएको छ । उनको गाला, दाहिने हात र देव्रे हातमा चोट लागेको छ।

आफूसँग भएको पैसा लिने उद्देश्यले नातिनीले खुकुरी हानेको दानाले बताए । ‘मैले १२ हजार भत्ता बुझेको थिएँ,’ उनले भने ‘त्यही लिन आएकी उसले ममाथि खुकुरी हानी।’

मंगलबार राति आफ्नो घरमा आएकी उर्मिलाले बुधबार बिहान आफूमाथि आक्रमण गरेको दानाले बताए । दाना लामो समयदेखि एक्लै बस्दै आएका छन्।

नातिनी घरमै लुकेको थाहा पाएपछि रातभर नसुतेको र बिहापख नजिकै बसेकी नातिनीले खुकुरी हानेको उनले बताए। घाँटीमै हानेको खुकुरी आफूले छल्दा गाला र हातमा लागेको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले खुकुरी प्रहार गर्ने उर्मिलालाई जिल्लामा ल्याएर अनुसन्धान थालिएको बताए । उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थाकी रहेको परिवारले जनाएको छ। तस्विर: कान्तिपुर

More News last news
Loading...