१३ हजार ९३ प्रावि शिक्षकका लागि जागिर खुल्यो

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो ।

सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ । योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

Advertisement

दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ। आयोगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ। यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ।

विद्यालयमा हाल रिक्त रहेको स्थान र आगामी चैत मसान्तसम्म विद्यालयमा रिक्त हुने स्थानमा खुला प्रतियोगिताबाट पदपूर्ति हुनेगरी प्रावि स्थायी शिक्षकका लागि विज्ञापन खुल्न लागेको हो ।

प्राथमिक तहका लागि आवश्यक शिक्षकको विज्ञापन प्रकाशन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमति पाएपछि आयोगले विज्ञापन जारी गरेको हो ।

हेर्नुहोस् विस्तृतमा विज्ञापन

More News last news
Loading...