नेपाल भित्रियो रस एसयूभी भन्दा झण्डै २० लाख रुपैयाँ सस्तो गाडी, के-के छन् विशेषता ?

टोयोटा गाडीको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाली बजारमा हालसालै कम्प्याक्ट एसयूभी राइज लन्च गरेको छ । इन्डोनेशियामा उत्पादन भएको यो एसयूभी टोयोटाको नेपालमा उपलब्ध मोडलमध्ये सबैभन्दा सस्तो एसयूभी हो । राइज आउनुअघि इन्डोनेशियाबाटै आयात हुने रस एसयूभी सबैभन्दा सस्तो मोडलको रहेको थियो ।

नेपालमा टोयोटाका गाडीहरु जापान, भारत, थाइल्यान्ड र इन्डोनेशियाबाट आयात हुन्छन् । जसमध्ये कम सीसी क्षमताका राइज र रसलाई कम्पनीले इन्डोनेशियास्थित प्लान्टबाट आयात गर्दै आएको हो । नेपालमा टोयोटालाई बलियो, उच्च पावर भएको र महंगो ब्रान्डका रुपमा लिने गरिन्छ । जसका कारण महंगो र प्रिमियम सेग्मेन्टमा यसको बजार हिस्सा सबैभन्दा माथि छ ।

Advertisement

३ बर्षअघि भित्रिएको रस एसयूभीलाई सुरुवाती मूल्य ६१ लाख ९० हजार रुपैयाँमा कारोबार थालेपनि यसले सोचेअनुरुप बजार भने लिन सकेन । हाल यसको मूल्य बढेर ८६ लाख ५० हजारदेखि ८८ लाख ७५ हजार रुपैयाँसम्म पुगेको छ । मूल्य बढेसँगै यो एसयूभीलाई बिक्री गर्न कम्पनीलाई अहिले हम्मेहम्मे परिरहेको छ ।

यो एसयूभीमा १.५ लिटरको पेट्रोल इन्जिन जडान गरिएको छ, जसको अधिकतम पावर १०५ एचपी र टर्क १४० एनएम रहेको छ । २२० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको यो एसयूभीलाई अफरोडमा समेत सहजै ड्राइभ गर्न सकिन्छ । ३ बर्षको अवधिमा जम्माजम्मी ३ सय हाराहारी युनिट बिक्री भएको भनिएको यो एसयूभी टायोटाको अन्य एसयूभी सरह लक्जरियस र हाई पर्फमेन्सयुक्त नभएको भनि आलोचना हुने गरेको छ ।

रसभन्दा झन्डै २० लाख रुपैयाँ कम मूल्य निर्धारण गरिएको राइजको बजार कस्तो रहला भन्ने विषयमा अहिले नै सही अनुमान लगाउन नसकिए पनि यो एसयूभीको बजार निकै चुनौतीपूर्ण रहने देखिएको छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा अहिले बजार निकै प्रतिस्पर्धात्मक देखिएको र यो सेग्मेन्टमा हुन्डाई क्रेटा र किया सेल्टोसको लोकप्रियता बढिरहेका कारण राइजको बजार चुनौतीपूर्ण हुने अनुमान लगाउन सकिन्छ । यो एसयूभीको मूल्य ६६ लाख देखि ८६ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।

१.२ लिटर इनलाइन थ्री सिलिन्डर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध यो एसयूभीको मूल्य टोयोटाको हाल विद्यमान मोडलको तुलनामा सस्तो परेपनि प्रतिस्पर्धी ब्रान्डको तुलनामा भने धेरै नै महंगो हो । पहिलो चरणमा हाल १.२ लिटर इन्जिनयुक्त एसयूभी मात्र नेपाली बजारमा उपलब्ध छ।

More News last news
Loading...