लेखा सहायकदेखि प्राविधिक अधिकृतसम्मका लागि विश्वविद्यालयमा जागिर खुल्यो

काठमाडौं l राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। विभिन्न १३ पदका लागि स्थायी पदपूर्ति गर्न आयोगले विज्ञापन आह्वान गरेको हो ।

विश्वविद्यालयले प्राविधिक अधिकृत, लेखा अधिकृत, शाखा अधिकृत, मुख्य प्राविधिक सहायक (कम्युटर, आइटी र एमएलटी), मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक, कार्यालय सहायक, लेखा सहायक र ल्यामब ब्वाईका लागि विज्ञापन आह्वान गरेको हो।

Advertisement

योग्यता पुगेका व्यक्तिले ९ माघसम्म नियमित शुल्क र १६ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन्।

More News last news
Loading...