काठमाडौँ । साताको चौथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ घटेको छ।
मंगलबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ घटेपनि आज चाँदीको भाउ भने स्थिर छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
