माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ (कुशुम) चयन

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) चयन भएकी छिन्।

दुईदिनदेखि पोखरामा जारी अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो। गण्डकी प्रदेश कार्यालय सदस्य उनी गण्डकी प्रदेशसभा सांसद पनि हुन्।

Advertisement

माओवादीले गण्डकीमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।

शनिबार आकांक्षीहरू धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो । दीपक कोइराला, हरिराज अधिकारीलगायत अध्यक्षको दाबेदार थिए। आइतबारदेखि बसेको बैठक अध्यक्ष टुंग्याउन सकस परेपछि सोमबार बिहानसम्म चलेको थियो।

अब उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी दोस्रो बैठकमा निर्वाचित गरिने माओवादीले जनाएको छ ।

More News last news
Loading...