पूर्वी युरोपमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै

एजेन्सी/मस्को l पूवीं यूरोपमा कोभिड संक्रमितको संख्या निरन्तर बढिरहेको छ । यहाँ संक्रमितको संख्या दुई करोड नाघ्ने अनुमान गरिएको छ । पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभरका संक्रमितमध्ये २० प्रतिशत संक्रमित यहाँ छन् ।

पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा संक्रमितको संख्या उच्च छ । युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् । पूर्वी युरोपमा प्रतिबन्ध खुकुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा संक्रमितको सख्ंया पनि बढेको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले जनाएको छ । बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा खोप अनिवार्य गरिएको छ ।

Advertisement

पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा संक्रमित देखिएका छन् । रसियामा हरेक पाँच मिनेटमा १२० जनामा कोरोना पोजेटिभ देखिएको छ । रसियामा आधा भन्दा थोरै मानिसले खोप लगाएका छन् । खोपप्रतिको अविश्वासका कारण धेरैले खोप नलगाएका हुन् ।

पूर्वी युरोपमा खोप नलगाउने जमात पनि बढ्दो छ । सबैभन्दा धेरै हंगेरीका मानिसहरुले खोप लगाउन अनिच्छा देखाएका छन् । हंगेरीमा जम्मा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । युरोपेली देशमा नयाँ संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । यहाँ औषतमा देनिक ८३ हजार नयाँ संक्रमित भेटिएका छन्।

यसैबीच, युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा जनाइएको छ।

More News last news
Loading...