पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना पुष्टि, दुई संक्रमितको ज्यान गयो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरिएको ७ हजार ११४ पीसीआर र १ हजार ५०३ जनाको एन्टीजेन परीक्षणका क्रममा २६५ जनामा संक्रमण पुष्टि भएको हाे ।

Advertisement

योसँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ८३० जना पुगेको मन्त्रालयले जनाएकाे छ । कुल संक्रमितमध्ये ६ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा ३५७ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ।

साेही अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ।

हाल ९८ जना क्वारेन्टाइनमा तथा ११४ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...