एमाले महोत्तरीका इन्चार्जले महाधिवेशन प्रतिनिधिमा आफुखुसी नाम पठाएको आरोप

महोत्तरी । नेकपा एमाले महोत्तरीको माहाअधिवेसन प्रतिनिधि चयन अझै निश्कर्षमा पुग्न सकेको छैन। अन्य जिल्लामा प्रतिनिधिको टुङ्गो लागि सक्दा पनि महोत्तरीमा भने माहाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षीहरूबीच विवाद लम्बिदै गएको छ।

यसअघि एमालेको एक पक्षले प्रतिनिधि छनोट सर्वसम्मत भएको भन्दै प्रदेशमा नाम पठाइसकेको छ। तर, अर्को पक्षले भने असन्तुष्ट जनाउँदै आएको छ। महोत्तरीमा एमालेका १७ हजार सात सय सदस्य छन्। चार वटै क्षेत्रबाट सदस्य संख्याको आधारमा ३० जनासम्म प्रतिनिधि चयन गर्नु पर्ने एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीको भनाइ छ।

Advertisement

यता, नेकपा एमाले प्रदेश इन्चार्ज रघुवीर माहासेठले प्रतिनिधि चयनमा कुनै विवाद नरहेको दाबी गरेका छन्। उनले महोत्तरीको पनि सर्वसम्मत नाम आइसकेको जिकिर गरे। तर, एक पक्षीय ढंगले आफुखुसी नाम राखेर प्रदेशमा पठाएको अर्को पक्षको आरोप छ।

माहाअधिवेशन नजिकिँदै गर्दा महोत्तरीमा के गर्ने भन्ने अन्यौल बढेको छ। इन्चार्ज माहासेठले यदि विवाद भएको भए पुनरावोलन गर्न सकिने पनि बताए।

‘हामी पार्टीको विधानअनुसार निर्वाचन आयोग गठन गरेर पनि अगाडि बढ्न सक्छौं,’ उनले भने। नेकपा एमालेले २७ कातिकभित्र देशैभरीबाट माहाअधिवेशन प्रतिनिधि चयन गरिसक्न निर्देशन दिएको थियो।

पूर्व माओवादी केन्द्रका नेता र एमालेबीच फाटोको स्थिति

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरि महोत्तरीको इन्चार्ज बनेका टेकबहादुर बलाम्पाकीको निर्णयप्रति एमालेका नेताहरूले आपत्ती जनाएका छन्। उनले एउटा होटलमा बसेर ‘कोठे निर्णय’ गरेको र एमालेमा लामो समयसम्म योगदान गरेकाहरूलाई बेवास्ता गरेको बताउँदै आएका छन्।

‘इन्चार्ज बलाम्पाकीले जबर्जस्ती नाम पठाउनु भएछ। त्यसमा हाम्रो पूर्ण असहमति छ,’ नेता सन्त परियारले भने । बलाम्पाकीले पार्टीमा गुठ उपगुठ बनाउन लागेको नेताहरूको आरोप छ। बलाम्पाकीले एकतर्फी निर्णय गरेर पठाएको नाममा पुनरावलोकन हुनु पर्ने महोत्तरीका नेताहरूले अडान छ।

More News last news
Loading...