कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी दिने बजागाइँको घोषणा

काठमाडौं । कांग्रेसका युवा नेता तथा उद्यमी राजेन्द्र बजगाइँले कांग्रेसका आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन्।

‘विकासका निम्ति राजनीति’ भन्ने नारा अघि सार्दै केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेको बजगाइँले बताए । उनी करिब तीन दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशील छन् । उनले यसअघि १३ औं महाधिवेशनमा पनि उमेदवारी घोषणा गरेका थिए।

Advertisement

त्यसबेला कुनै प्यानलमा नरहेका बजगाइँ अहिले सभापति शेरबहादुर देउवाइतरको प्यानलमार्फत उमेदवारीको तयारीमा छन्।

महाधिवेशन प्रतिनिधिमा लगातार तीनपटक गोरखाबाट प्रतिनिधित्व गरेका बजगाइँलवे २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि गोरखा १(२) बाट उमेदवारी दिएका थिए।  निर्वाचनमा पराजित भए पनि आफू लगातार कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताए ।

उनले पार्टीमा सभापति बलियो हुनुपर्ने तर्क अघि सारेका छन् । “सभापतिलाई कमजोर बनाउँदा पार्टी पनि कमजोर हुने अवस्था आउन सक्छ,” उनले भने, “त्यसैले विधान परिवर्तन गरेर भए पनि पार्टीमा सभापति बलियो हुनुपर्छ । तर सभापतिले गुट चलाउन हुँदैन । काखा र पाखा गर्न हुँदैन ।”

उनले पार्टीमा शक्ति सन्तुलन खलबलिने डर रहेको पनि बताए । “पार्टीमा शक्तिसन्तुलन खलबलिने डर हुन थालेको छ र यसको रोकथाम हुनेगरी विभागलाई बलियो बनाउनुपर्छ,” उनले भने।

उनले विद्यालयमा राजनीतिको हद तोकिनुपर्ने, युवा वर्गलाई देशभित्रै रहने अवसर प्रत्याभूति हुनुपर्नेलगायतका एजेन्डा अघि सारेका छन् ।

More News last news
Loading...