राजनीतिमा युवा उद्यमी तिवारी, कांग्रेस स्याङ्जाको प्रदेश सभापतिमा दिए उम्मेदवारी

स्याङ्जा । लामो समयदेखि व्यवसायमा रहेका युवा उद्यमी प्रकाश तिवारी पनि कांग्रेसको आसन्न प्रदेश अधिवेशनमा स्याङ्जा क्षेत्र नम्बर १ प्रदश ‘ख’ बाट सभापतिको उम्मेदवार बनेका छन्। नेपालको पुँजी बजारका सफल लगानीकर्ता एवं विश्लेषक तिवारीले सानो उमेरमै व्यवसायीक सफलता हासिल गरिसेका छन्।

लामो समयदेखि होटल र्याडिसनका संचालक रहँदै आएका तिवारी पुँजी बजारका साथै रियल स्टेटदेखि पर्यटन क्षेत्रका सफल युवा उद्यमी मानिन्छन् । नेपालकै ठूलो व्यवसायीक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत विभिन्न समितिमा सदस्यको रुपमा रहेर काम गरेका तिवारी नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका समेत केन्द्रिय सदस्य हुन् ।

Advertisement

हाल उनी उद्योग वाणिज्य महासंघको बैंक तथा इन्स्योरेन्स समिति, ट्याक्स तथा रेभिन्यु समिति र द्वय राष्ट्रिय तथा एनआरएन समितिका समेत केन्द्रिय सदस्य छन् । कम उमेरमै व्यवसायी तथा राजनीतिक सफलता हात पारेका युवा उद्यमी तिवारी अबका दिनमा स्थानीय तहबाट आफ्नो राजनीतिक यात्रालाई अघि बढाउन भुगोलबाटै आफुलाई प्रदेश समापतिको रुपमा अघि बढाएको बताउँछन् ।

नेपाल भारत आल्मुनाईका समेत अध्यक्ष रहेका तिवारीको राजनीति तथा व्यवासीय सम्बन्ध निकै मजवुद रहेको छ। सामाजिक क्षेत्रमा समेत सक्रिय तिवारीको कुटनीतिक क्षेत्रमा पनि उत्तिकै राम्रो सम्बन्ध रहेको छ। आन्ट्र्रपनर्स नेपालका संस्थापक अध्यक्ष रहेका तिवारीले हाल उक्त संस्थामार्फत देशभर नै वित्तीय साक्षरता कार्यक्रम अघि बढाइरहेका छन्।

नेपालका हरेक मानिस वित्तीय रुपमा साक्षर हुनुपर्छ भन्ने अभियाननै चलाएका तिवारीले विभिन्न निकायसँगको सहकार्यमा जिल्ला जिल्लामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्दै आएका छन् । कांग्रेसको पारिवारिक पृष्ठभुमीमा हुर्किएका तिवारीले विश्वेश्वर प्रसाद कोइराला (विपी) विचारधारलाई अंगालेर आफ्नो राजनीति भविश्यलाई अघि बढाएका छन्।

नेपाली कांग्रेसका पुराना नेतामध्ये स्याङ्जा बम काण्डका चर्चित नेता शिवकुमार अधिकारीका छोरी पट्टीका नाती रहेका तिवारी आफु पनि हजुरबुबा जस्तै स्वार्थभाव नराखी देश र जनताको सेवाका लागि राजनीतिका होमिएको बताउँछन् ।

तत्कालिन राजनीतिमा विपीसँगै भारत निर्वासित भएका उनका हजुरबुबा शिबकुमार स्याङ्जाको जिल्ला विकास सभापति समेत भएका थिए । ‘अग्रजहरुको सम्मान र संस्कार सहितको सहकार्य र कार्यकर्ताहरुको संरक्षणका लागि आफु सदैव खट्ने वाचा सहित राजनीतिमा होमिएको छु,’ उनले भने, ‘अबका दिनमा जवाफदेहिता, पारदर्शीता र नविन सोचका साथ पार्टीको संगठन निर्माणमा लाग्ने छु ।’

नेपाली कांग्रेसको आसन्न निर्वाचनमा युवा आकर्षण बढेको छ। विशेषगरी प्रतिनिधि छनौटमा युवाहरुको वर्चश्व बढी देखिएको छ।

More News last news
Loading...