काठमाडौँ । गीतकार तथा समाजसेवी सुधा मरहट्ठा सहारा सगरमाथा अवार्डमा बेस्ट म्युजिक भिडियो अफ द इयर २०७८ बाट सम्मानित भएकी छन् ।
मरहट्ठा परदेशमा बसेर पनि नेपाली गीत सङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी छिन् ।
जुन गीतको लेखन र निर्माण सुधा आफैँले गरेकी हुन् भने सङ्गीत र स्वर केशव भावुकको रहेको छ । उक्त गीतमा अस्मिता अधिकारीले स्वर दिएकी छिन् । आर्यन सिक्देल र सृष्टि खड्काको अभिनय रहेको सो म्युजिक भिडियोलाई शसान कँडेलले निर्देशन गरेका हुन् ।
फुल फुल्यो भवरा भुल्यो, बोलको गीत अहिले साङ्गीतिक बजारमा निकै चर्चामा रहेको छ । गीतकार सुधा मरहट्ठा समाजसेवामा पनि निकै सक्रिय छन् ।
उनी विभिन्न संघसंस्थामा आबद्ध रहेर गरीब, दुःखी, असहाय बालबालिकालाई सहयोग गर्दै आएकी छन् l हाल उहाँ कामको सिलसिलामा बेलायत बस्दै आएकी छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
