तनहुँ । नेपाल विद्यार्थी संघका तनहुँका अध्यक्ष चुडामणी खनालले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनमा तनहुँ निर्वाचन क्षेत्र नं २ को सभापतिमा उम्मेद्वारी दिएका छन्।
लामो समयदेखि तनहुँको विद्यार्थी सँगै पार्टीको राजनीतिमा सक्रिय खनालले तनहुँ क्षेत्र नं २ कांग्रेसलाई आफ्नो नेतृत्व आवश्यक रहेको भन्दै उम्मेद्वारी दिएका हुन्।
आफू जिल्ला तहमा बसेर लामो समय गाउँगाउँ पुगेर संगठन बिस्तारका साथै कार्यकर्ता एवं जनभावना अनुरुप कार्य गरेकाले पार्टीलाई थप चुस्त दुरुस्त बनाउन आफ्नो उम्मेद्वारी रहेको खनालको दाबी छ।
धेरै केन्द्रीय नेताहरुको जिल्ला भनेर समेत चिनिने तनहुँका खनालले उम्मेद्वारी घोषणा गर्दै गर्दा उनलाई कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले समर्थन समेत गरेका छन्।
यसरी आफूलाई समर्थन गर्ने नेताहरुमा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य गोबिन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य धुब्र वाग्ले र कार्यबहाक सभापति जीत प्रकाश आले लगायतको प्रत्यक्ष साथ र समर्थन रहेको खनालको भनाइ छ।
तनहुँ बिशेषतः क्षेत्र नं २ मा राजनीतिका शशक्त र प्रभाव पार्न सक्ने मात्र नभई कार्यकर्तामाझ लोकप्रिय रहेको कारण उनलाई सभापति जित्न सहज भएको स्थानीय नेता, कार्यकर्ताको बुझाई छ ।
आफ्नो पार्टीभित्र मात्र नभई समग्र सामाजिक क्षेत्रमा समेत तल्लीन खनाल जनतालाई पीर मर्का परेको बेलामा घाउँमा मलम लगाउन पुगिहाल्ने कारण पनि उनी सबैसामु लोकप्रिय मात्र छैनन्, प्रायः जसोका प्रिय पनि छन्।
२०७२ सालको महाभूकम्पमा घरबास गुमाएकाका लागि अस्थायी टहरा निर्माण, नाकाबन्दी र वाढी पहिरोका बेला राहत वितरण र कोभिड १९ को महामारीका बेलामा स्वास्थ्य साम्रागीका साथै युवामाझ सिर्जनशील कार्यमा समेत उनको महत्वपूर्ण भूमिका रहेको छ ।
नेपाली कांग्रेसको इतिहास र शिर्ष नेताहरुले देखाएको बाटोमा कांग्रेसलाई अगाडी बढाउन, महाधिवेशन मार्फत नयाँ नेतृत्व चयनका साथै नीति, रणनीति र कार्यक्रमहरु पनि समयानुकुल जनताका बृहत्तर हितलाई केन्द्रमा राखि संशोधन परिमार्जन र व्यवस्थापन गर्न, महिलाका सवालहरू थप फराकिलो बनाउन, आधुनिक विचारधारा र त्यसले विकास गरेको समताको अवधारणा अनुसार विभेदकारी नीतिहरूलाई कम गर्दै लैजान र राजनीतिमा युवाहरुको भुमिका दरिलो बनाउने लगायतका एजेण्डा सहित खनाल चुनावी मैदानमा होमिएका छन्।
एम.ए. सम्मको अध्ययन सकेर अ.हे.ब. को स्थायी जागिर छाडेर देश परिवर्तन गर्ने सोचका साथ राजनीतिमा भविष्य देखेका खनालले भानुभक्त क्याम्पस बेलचौतारामा सम्पन्न स्ववियू क्याम्पसको चुनावका बेला तत्कालीन वाइसियलबाट निर्घात कुटिएका थिए।
त्यसयता २०६२ सालबाट निरन्तर कांग्रेसका बिभिन्न संगठनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका खनाल पार्टीको १३ औं महाधिवेशनमा क्षेत्रीय सचिव सहित महाधिवेशन प्रतिनिधि पदमा बिजयी भएका थिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
