काठमाडाैं । वैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेकी एक ३२ वर्षीया नेपाली महिलाले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी छन् । बेसिशहर नगरपालिका ५ नाल्म लमजुङ घर भएकी मनमाया गुरुङले गत ३ नोभेम्बर (बुधबार) आफ्नै निवासको शौचालय (बाथरुम)मा घाँटी रेटेर आत्महत्या गरेकी हुन् ।
लामो समयदेखि कुवेतमा कार्यरत मनमायाले शौचालयको ढोका बन्द गरेर आत्महत्या गरेकी थिइन् । सबैजना सुतेको मौका छोपेर रातको करिब ३ बजेको समयमा घटना घटेको हुन सक्ने बताइएको छ ।
बिहान लगभग साढे ४ बजेतिर शौचालयको ढोका नखुलेपछी कोहि पसेको छ भनेर हल्लीखल्ली हुँदा मनमाया नदेखिएको र शौचालयमा कुनै आवाज नआएपछी बाथरुमको भेन्टिलेशनको प्वालबाट चिहाएर हेर्दा उनलाई रगताम्य अवस्थामा लडिरहेको देखेपछि फायर ब्रिगेड र प्रहरीलाइ खबर गरिएको त्यहि फ्लाइटमा बस्ने नेपालीहरुले बताएका छन्।
मनमायाको शव लगभग साढे ५ बजे फायर ब्रिगेड आएर ढोका फोडेर उठाएको थियो । पछिल्लो समयमा उनी कम्पनिले लामो समयसम्म तलब नदिएको भन्दै भागेर अवैधानिक हैसियतमा काम गरिरहेकी थिइन्।
घटना सम्बन्धमा सोधपुछ तथा अनुसन्धानका लागि सोही फ्ल्याटमा बस्ने ओम गुरुङलाइ प्रहरीले लगेर गएको र सामान्य सोधपुछ पछि फर्केका छन्।
घटना बारे नेपाली दूतावासमा जानकारी आइसकेको र उनको शव छिट्टै नेपाल पठाउन प्रक्रियामा रहेको दूतावास स्रोतले जानकारी दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
