आज (सोमबार) घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य केही घटेको छ।

आइतबार तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला रु ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य आइतबार प्रतितोला रु ९४ हजार १०० रुपैयाँ रहेको थियो।

सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २८० रहेको छ। आइतबार चाँदी प्रतितोला रु एक हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...