तिहारमा घरमै बनाएर खानुहोस् यी मिष्ठान्न परिकार

आज तिहारको अन्तिम दिन अर्थात् भाइटिका । दिदी भाई दाजु बहिनीबीच सम्मान र आदर व्यक्त गर्दै यो पर्व मनाइन्छ । आमालाई दाजु–भाइलाई मिठा मिठा परिकार खुवाइन्छ। पछिल्लो समय बजारबाट खरिद गरेर ल्याइने मिठाईँ लगायतका परिकार त्यति स्वस्थकर हुँदैनन् । त्यसैले यस्तो अवस्थामा घरमै विभिन्न परिकार पकाएर दाजु भाइलाई खुवाउन सकिन्छ । ती परिकार के–के हुन सक्छन् ? यहाँ चर्चा गरिएको छ।

जेरी

Advertisement

जेरी एक मिठाईको परिकार हो । यो परिकार मैदा र चिनीको घोलबाट तयार गरिन्छ । यसलाई घरमै सजिलै बनाउन सकिन्छ । यसका लागि सुरुमा मैदाको घोल तयार गरिन्छ । त्यसपछि तातो तेलमा घुमाइ–घुमाइ जेरी तयार गरिन्छ । उक्त जेरीलाई चिनीको घोलमा डुबाएर केही समय राखिन्छ । यसरी घरमै बनाएको जेरी फ्रेस र स्वस्थ हुन्छ ।

रसवरी

रसवरी पनि मिठाईको एक परिकार हो । यसलाई दुघ फटाएर निस्किएको छोक्राबाट बनाइन्छ । यो पनि सजिलै घरमा बनाउन सकिन्छ ।

खुवा

खुवा बनाएर पनि आमालाई खुवाउन सक्छौं । यो परिकार दूधबाट बनाइन्छ । यो स्वास्थका लागि एकदमै राम्रो परिकार हो । यो परिकार बनाएर आमाको कोशेलीमा समावेश गर्न सकिन्छ ।

खीर

खीर पोषणयूक्त खाना हो । दूध र चामलको मिश्रितमा चिनी र विभिन्न नट्सहरु मिसाएर खिर पकाइन्छ । यो स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ।

लस्सी

लस्सी दूधजन्य प्रदार्थबाट बनाइने एक परिकार हो । अहिले गमी मौसममा घरमै लस्सी बनाएर आमालाई खुवाउन सकिन्छ । यो स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छ ।

पुरी

गहुँको पिठोबाट बनाइने रोटीको परिकार हो । यसलाई तेलमा तारेर बनाइन्छ । आमाको मुख हेर्ने कोशेलीमा यसलाई पनि समावेश गर्न सकिन्छ ।

आलुको अचार

आलुको अचार प्राय सबैलाई मन पर्न सक्छ। उसिनेको आलुमा तील, कागतिको रस, केराउ, काँक्रो लगायतका विभिन्न वस्तु मिलाएर बनाउन सकिन्छ । यसलाई खीर तथा पुरीसँग मिलाएर आमालाई खुवाउन सकिन्छ ।

More News last news
Loading...