काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले साफ च्याम्पियनसिपपछि नेपाल छाड्ने घोषणा गरेका छन् ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछिको पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् ।
उनले साफको फाईनलमा नेपाली टिमका लागि आफ्नो तर्फबाट अन्तिम खेल हुने बताउदै आफू नेपाल नफर्किने उल्लेख गरेका छन् ।
अलमुताईरिको प्रशिक्षणमा नेपालले साफमा ऐतिहासिक सफलता हात पारेर पहिलोपटक फाइनलमा पुगेको हो। ५ राष्ट्र सहभागी साफमा नेपाल ४ खेलबाट ७ अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनल पुगेको छ।
यस अघि गत फागुनमा नेपाल झरेका अब्दुल्लाह चैतमा मुख्य प्रशिक्षकको रुपमा भित्रिएका थिए । पछिल्लो समय एन्फा विबादमा मुछिएका अब्दुल्लाहले बारम्बार मुख्य प्रशिक्षक जिम्मेवारीबाट हट्ने बताउँदै आएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
