दशैँको आज तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरी मनाइँदै

काठमाडौँ । नवरात्री अर्थात् बडा दशैँको तेस्रो दिन मंगलबार चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ। घटस्थापना गरेसँगै शुरुभएको दशैंको आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधाना गरि मनाइने प्रचलन छ।

नवरानत्रको तेस्रो दिन चन्द्रघण्टा नामले दूर्गा माताको पूजागर्ने गरिन्छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुसोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो । यिनलाई बिर रसको अपूर्व शक्ति मानिएको छ । चन्द्रघण्टा देवीको रुपको पूजाले मनुष्यले राक्षसी तथा भुत प्रेत शक्तिबाट उन्मुक्ति पाउछ भनिएको छ ।

Advertisement

तेस्रो शक्तिको पूजा आरधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट प्रज्ञावान हुने मनिन्छ । यसदिन पनि पूजा पछि दूधवाट बनेको पदार्थ प्रशाद लगाउनाले सम्पूर्ण दुख नासहुने मानिएको छ।

दशैँमा घरघरमा घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा रही आएको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको तेस्रो दिन देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा पूजा गरिँदै छ । प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले पनि दशैं चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको बताइएको छ । शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ ।

भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ । विधिपूर्वक आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ ।

More News last news
Loading...