काठमाडौँ । बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ ।
काठमाडौंबाट सुर्खेत गएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारण विमानस्थलमा अवतरण हुन नसकेको हो।
सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले बताए ।
त्रिभुवन विमानस्थलबाट ८ बजे सुर्खेतका लागि उडान भरेको उक्त जहाजमा चालकदलका चार जनासहित ४६ जना यात्रु रहेका छन् ।
केही दिन अघि पनि काठमाडौँबाट विराटनगरका लागि ७२ जना यात्रु लिएर उडेको विमान अवतरण हुन नसकेर काठमाडौँ फर्किएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
