आज (बुधबार) घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । साताको चौँथो दिन अर्थात आज (बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार ५०० रुपैयाँ बढेको सुनको भाउ आज बुधबार भने प्रतितोला ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार तेजावी सुन प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार पनि चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुन थालेको छ ।

नेपालीहरुका महान पर्वहरु दशैँ, तिहार, छड, ल्होसार मुखैमा आउँदै गर्दा प्रतिदिन कोरोना भाइरस (कोभिड १९) संक्रमण घट्दै गएको छ । चार्डपर्वमा मुखैमा पछिल्लो समय सुन चाँदीको व्यपार पनि बढ्न थालेको महासंघले जनाएको छ।

More News last news
Loading...