काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो।
यसअघिनै अर्थमन्त्रालयको निलम्बनमा परेका ढुंगानालाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । मंगलबारको मन्त्रिपरिषद बैठककले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय गरेको हो।
सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै कानुनी प्रक्रिया पूरा गरेर उनलाई बर्खास्त गरेको बताएको छ। ढुंगाना ‘बुक बिल्डिङ’ मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिनु भएको थियो।
बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
