काँग्रेस गोरखाको सभापतिमा न्यौपाने सर्वसम्मत

काठमाडौँ । नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्। न्यौपाने कांग्रेस युवा नेता गगन थापा निकटका हुन् ।

पार्टीको १४औँ महाधिवेशन अन्तर्गत आज भएको जिल्ला पार्टीको अधिवेशनमा न्यौपाने सर्वसम्मत चयन भएका हुन्।

Advertisement

४३ वर्षीय न्यौपाने यसअघि पार्टीको जिल्ला सचिव थिए । उनलाई जिल्लाका ११ वटै स्थानीय तहका पार्टी सभापतिको समर्थन रह्यो ।

आरुघाट गाउँपालिका–२ मान्वुका न्यौपाने विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा आबद्ध थिए। नवनिर्वाचित सभापित न्यौपानेले आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका थिए।

उपसभापति, सचिव, सहसचिव लगायतका पदका लागि भने निर्वाचन भएको छ । सर्वसम्मत नभएका पदमा उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोधलगायतका पदमा निर्वाचन गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

More News last news
Loading...