काठमाडौँ लगायत देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं । आज दिउँसो देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भएर केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज दिउँसो सामान्य बदली भई मेघगर्जन हुने महाशाखाले जनाएको छ। काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

Advertisement

आज बिहान सूर्योदय ५ बजेर ५६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५२ मिनेटमा हुनेछ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन १४ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली बागमति, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १५ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १६ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रही प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

More News last news
Loading...