आज (बुधबार) पनि घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । साताको चौँथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ झन् घटेको छ ।

हिजो मंगलबार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।

कोरोनाका कारण भएका लकडाउन पछिल्लो समय खुल्दै गएको र नेपालीहरुका महान पर्वहरु दशै, तीहारको रौनकसँगै सुन चाँदीको व्यापार पनि फस्टाउँदै गएको छ।

More News last news
Loading...