काँग्रेस भानु नगर सभापतिमा रामकुमार श्रेष्ठ विजयी

दमौली । नेपाली काँग्रेस भानुको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

अधिवेशन अन्तर्गत सभापतिमा निर्वाचित श्रेष्ठले १३९ मत पाउँदा प्रत्यासी नवीनराज दाहालले १२५ मत पाए । उप सभापतिमा राजन श्रेष्ठ १५३ मत र उर्मिला पन्त १४१ निर्वाचित भएका छन्।

Advertisement

सचिवमा सीताराम बानियाँ १३६ तथा दीपेन्द्र अधिकारी १२६ मतका साथ विजयी भएका छन्। पदाधिकारीमा विजयी अधिकांश श्रेष्ठ प्यानलका रहेको बताइएको छ।

यता, तनहुँकैव्यास नगर सभापतिमा सूर्यचन्द्र हड्खले निर्वाचित भएका छन्। सभापति पदका प्रत्यासी डम्बरबहादुर अधिकारीलाई पराजित गर्दै हड्खले विजयी भएका हुन् ।

म्याग्दे गाउँपालिकाको सभापतिमा रामभक्त घिमिरे निर्वाचित भएका छन् भने जिल्लाका अन्य स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।

More News last news
Loading...